arrow

अमेरिकामा दुई चिनियाँ जासुस दोषी ठहर

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ११ आइतबार
chinese-spy.jpg

काठमाडौं। अमेरिकामा चीनका लागि जासुसी गर्दै आएका एक सिंगापुरका नागरिक दोषी ठहर भएका छन्। अमेरिकामा राजनीतिक कन्सल्टेन्सी चलाएर चीनका लागि महत्वपूर्ण जासुसी गर्दै आएका वेई येओलाई अमेरिकी संघिय अदालतले दोषी ठहर गरेको हो।

त्यस्तै चिनियाँ सेनासँग सम्बन्ध राखेर अमेरिकामा अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएका एक अर्का अमेरिकी नागरिकलाई समेत अमेरिकी हिरासतमा राखिएको छ। ३७ वर्षीय जुआन टाङलाई अमेरिकाले हिरासतमा राखेको हो।

पक्राउ परेका सिंगापुरी नागरिकले अमेरिकामा चीनका लागि झण्डै ४ वर्ष जासुसी गरेको स्विकारेका हुन्। सो समयमा उनले अमेरिकी गोप्य सूचनाहरु चिनियाँ गुप्तचरलाई दिने गरेका थिए।

सन् २०१५ देखि यस्तो काम गर्दै आएका येओ सन् २०१९ मा पक्राउ परेका थिए। उनलाई शनिबार अमेरिकी अदालतले दोषी ठहर गरेको हो। पछिल्लो समय चीन र अमेरिकाबीचको तनाव बढ्दो क्रममा रहेको छ। अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्य दुतावास बन्द गरेको छ। आगलागी भएको उक्त वाणिज्य दुतावासमा बौद्धिक सम्पती चोरी गरेको आरोपमा बन्द गरिएको थियो।

अमेरिकाले आफ्नो वाणिज्य दुतावास बन्द गरेपछि चीनले प्रत्युत्तरको शैलीमा सिचुवान प्रान्तमा रहेको अमेरिकी वाणिज्य दुतावास बन्द गर्नका लागि निर्देशन दिएको छ। अमेरिकाले चिनियाँ दुतावास बन्द गरेको बदलामा चीनले पनि उस्तै बदला लिन खाजेको देखिएको छ।

चीनले पछिल्लो समय हङकङलाई आफ्नो अधिनमा ल्याउन नयाँ सुरक्षा कानुन लागु गरेको छ। चीनको यो कदमको विश्वव्यापी निन्दा भएको छ। यसबाहेक कोरोना माहामारी एवं व्यापारीक विवादहरु र चीनको प्रविधि क्षेत्रबाट हुन सक्ने आक्रमणको खतराले विश्व समुदाय नै सजग बनिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ