arrow

बिमान घरमा खस्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७७ साउन ११ आइतबार
melbourne-plane-crash.jpg

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ ।

बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
 
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो । 

बिमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ