arrow

पाकिस्तानको भवलपुरमा अल्पसंख्यक हिन्दुका घरहरु भत्काइयो

किश्चियनहरुको समेत चिहान र घर भत्काइयो

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ११ आइतबार
hindus-demolished-pak.jpg

काठमाडौं। कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले मानिसहरुलाई घरभित्रै बस्‍न आग्रह गरिरहेको बेला पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायलाई भने घरबारविहीन बनाइएको छ।

पाकिस्तानको पञ्‍जाब प्रान्तको भवलपुरका अल्पसंख्यक हिन्दु समुदायका घरहरु भत्काएर घरबारविहीन बनाइएको हो। प्रधानमन्त्री इमरान खान नेतृत्वको मन्त्रिमण्डलका आवास मन्त्री तारिब बसिर चिमाकै निर्देशनमा हिन्दु समुदायका घरहरु भत्काइएको पिडितहरुको आरोप छ। उनलाई पाकिस्तानका सूचना मन्त्री सहिद खोकरले साथ दिइरहेका छन्।

उक्त घटनाका निकै पीडादायी दृश्यहरु सार्वजनिक भइरहेका छन्। घरबारविहीन बनाइएका अल्पसंख्यक हिन्दु समुदायमा महिला, बालबालिका र पुरुषहरु घर नभत्काउन रोइकराइ गरे पनि कसैले उनीहरुको चित्कार सुनेनन्। पाकिस्तानको मानवअधिकार आयोगले सरकार अल्पसंख्यकको अधिकार रक्षामा असफल भएको निष्कर्ष निकाल्दै एक रिपोर्ट सार्वजनिक गरेपछि पञ्‍जाबमा पाकिस्तान बहुल मुस्लिम समुदायले हिन्दुहरुका घरहरु भत्काएका हुन्।

त्यसैगरी यसअघि पञ्‍जाबकै खानेवाल जिल्लामा क्रिश्‍चियन समुदायका चिहानहरु र घरहरुसमेत भत्काइएको थियो। उनीहरुको घरहरु र चिहानहरु प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टीका नेताहरुले भत्काएका थिए।

पाकिस्तानमा धर्मका नाममा मानवअधिकार उल्लंघनका घटनाहरु अनगिन्तिरुपमा भएका छन्। पाकिस्तानमा हिन्दु किशोरीहरुलाई अपहरण गरेर जबरजस्ती इस्लाम कबुल गराएर विवाह गराउने क्रम पनि अझै रोकिएको छैन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ