arrow

थप ५४ जनाको मृत्यु

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
corona-bangladesh.jpg

ढाका । बङ्गलादेशमा कोभिड–१९ का कारण थप संक्रमितको संख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा संक्रमण पुष्टि हुनेको कूल संख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ । 

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ संक्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा संक्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको संख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति संक्रमित भएका छन् ।

बङ्गलादेशले विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ ।

अहिलेसम्म निको भई घर फर्किने संक्रमितको संख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए । 

अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.३१ प्रतिशत रहेको र अहिलेसम्म ५४.४४ प्रतिशत संक्रमित निको भई घर फर्किसकेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ