arrow

पाकिस्तानमा अल्पसंख्यकहरुको शताब्दिऔं पुराना चिहान भत्काइयो, घरहरुमा लगाइयो आगो 

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १२ सोमबार
pakistan-minorities-house-b.jpg

काठमाडौं। पाकिस्तानमा क्रिश्चियनहरुका शताब्दिऔं पुराना चिहानहरु भत्काइएका छन् भने क्रिश्‍चियन समुदायका घरहरु भत्काउन थालिएका छन् । 

पञ्‍जाब प्रान्तको खानेवाल जिल्लामा रहेका क्रिश्‍चियनका घरहरु भत्काउन थालिएको मिडिया रिपोर्टहरुमा बताइएको छ । प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-इ-इन्साफ (पीटीआई) सम्बन्धित राजनीतिज्ञहरुले पञ्‍जाबको खानेवालमा रहेका क्रिश्‍चियन समुदायका घरहरु भत्काउन थालेको हो । 

स्थानिय अल्पसंख्यक क्रिश्चियनहरुले जनाए अनुसार जफर इक्बाल नुनरीले नेतृत्व गरेको मुस्लिम समुहले खानेवाल जिल्लाको चक गाउँमा रहेका शताब्दिऔं पुराना चिहानहरु भत्काएको हो । 

मुस्लिम समुदायका नेताहरु जबरजस्ती ट्याकटरसहित क्रिश्‍चियनको चिहान भएका क्षेत्रमा प्रवेश गरि चिहानहरु भत्काउन सुरु गरेका थिए । 

त्यसैगरी उनीहरुले क्रिश्चियन समुदायको सम्पत्ति लुटपाट गर्ने गतिविधिसमेत गरिरहेका पिडितहरुको भनाई  छ । 

धार्मिक विभेदका कारण आर्थिक अवस्थामा समेत ठूलो असर पुगेको छ । बहुसंख्यक रहेका मुस्लिम समुदायले अल्पसंख्यक क्रिश्‍चियन र हिन्दु सहित अन्य समुदायमाथिको आक्रमण र ज्यादतीलाई कायम राखेपछि उनीहरुको मानवअधिकारको चिन्ता विश्वव्यापी रुपमा हुन थालेको छ।

अल्पसंख्यकहरुमाथि आक्रमण गर्ने घर भत्काउने र किशोरी र महिलाहरुमाथि दुर्व्यवहार गर्ने र धर्म रुपान्तरण गरि जवर्जस्ती विवाह गराउने गतिविधी हुँदै आएको त्यहाँका पिडित अल्पसंख्यक समुदायका अगुवाहरुले बताउँदै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ