arrow

विश्वमा बढ्दो संक्रमण, कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
corona-usa-doc.jpg

एएफपी, जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

 कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ । 

 संक्रमितमध्ये हालसम्म  १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

 चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

 डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

 दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ ।
 
 युरोपमा २७ लाख ८४ण् हजार ८४२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

 अफ्रिकामा आठ लाख ५० हजार ६२८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १७ हजार ८०८ जनाको मृत्यु भएको छ ।  ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८३ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ