arrow

क्यानाडाका अधिकांश युवामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
canada-pm-mother.jpg

मन्ट्रियल । क्यानाडामा कोरोना भाइरस संक्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

“हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ संक्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययन अनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४.४ प्रतिशत र १३.८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा संक्रमण दर धेरै रहेको बताइएको छ । 
     
युवा क्यानाडियालीहरू कोरोनाभाइरसको संक्रमणबाट अजेय छैनन् । संक्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् ।
  
गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्ट अनुसार ३९ वर्षमूनिका ६३ प्रतिशत संक्रमितमध्ये एक तिहाईलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेको थियो ।

गत हप्ता क्यानडामा दैनिक औषत ४८७ नयाँ कोभिड–१९ संक्रमित विरामी भेटिएका थिए ।
  
क्यानाडाले लकडाउन सम्बन्धित प्रतिबन्धात्मक व्यवस्था हटाउने घोषणा गर्ने क्रममा तामले नागरिकहरूलाई सतर्क हुन, सामाजिक दूरी र स्वच्छताका उपायहरू अवलम्वन गर्न आग्रह गरे । 

उनले भने, “खोपको अभावमा कोभिड–१९को सामना गरी बाँच्नु जोखिमको कुरा हो ।” पछिल्लो तथ्याङ्क अनुसार क्यानडामा एक लाख १३ हजार ८०० व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने आठ हजार ९०० जनाको संक्रमणपछि मृत्यु भएको छ ।

क्यानाडामा सार्वजनिक स्वास्थ्यलाई लिएर दिइने दिशा निर्देशको व्यापक सम्मान गरिन्छ । यद्यपि क्यानाडाको क्युबेक शहर, जसलाई मास्क लगाउन अनिवार्य गरिएको छ, मा मास्क लगाउने आह्वानको विरोधमा सयौँ व्यक्तिले प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ