arrow

लाभांश वा बोनस नदिनु : युरोपेली केन्द्रीय बैंक

logo
एएफपी,
प्रकाशित २०७७ साउन १३ मंगलबार
european-central-bank-eurosystem.jpg

फ्रान्कफर्ट। युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ। कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो।

इसिबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो। यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो।

इसिबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु परेको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ