arrow

पाकिस्तानमा कट्टरपन्थीहरुको अपहरणमा परेकी किशोरीको सुरक्षित रिहाइको माग

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १३ मंगलबार
mehak-kumari-pakistan.jpg

काठमाडौं। पाकिस्तानमा कट्टरपन्थी मुस्लिमहरुको अपहरणमा परेकी अल्पसंख्यक समुदायकी मेहककुमारीको सुरक्षित रिहाइको लागि पाकिस्तानलाई अन्तराष्ट्रियस्तरमा दवाव परेको छ। मेहककुमारीको रिहाईको माग गर्दै अल्पसंख्यक हिन्दु र शिख समुदायहरुले पाकिस्तानमा मात्र नभई अन्तराष्ट्रिय निकायहरुमा पनि दवाव बढाएका छन्। उनीहरुले संयुक्तराष्ट्रसंघीय निकायमा पनि रिहाईको लागि पहल गर्न अपिल गरेका छन्।

यसैबीच भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगको गम्भीर ध्यानाकर्षण गराएको छ। पाकिस्तानमा अपहरित मेहककुमारीको सुरक्षित रुपमा फर्काउन भारतले पाकिस्तानी उच्चायोगको गम्भीर ध्यानाकर्षण गराएको हो। त्यसैगरी जनवरी १४ मा थप दुई हिन्दू किशोरी शान्ति मेगवान र सार्मी मेगवादलाई पनि अपहरण गरिएपछि पाकिस्तानमा अल्पसंख्यक समुदायको किशोरीहरुलाई स्वतन्त्रतापूर्वक बाँच्न धेरै गाह्रो भएको देखिएको छ।

पाकिस्तानको सिन्ध प्रान्तको उमार गाउँबाट उनीहरुको अपहरण भएको खुलेको हो। पछिल्लो समय हिन्दू किशोरीलाई अपहरण गरेर धर्म परिवर्तन गराउँदै विवाह गराउने क्रम बढेको छ। यो हिन्दु समुदायलाई निश्चित बर्षपछि पाकिस्तानबाट शून्यमा पार्ने योजना अन्तर्गत भएको त्यहाँका पिडितहरु बताउँछन्।

यस विषयमा पाकिस्तान सरकारले खासै ध्यान दिएको छैन। पाकिस्तानबाट भारतमा शरणार्थी बनेर आएका नागरिक समाजले पाकिस्तान सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुको सुरक्षित फिर्ताको माग गरेका छन्।

उक्त घटनाको विषयमा चौतर्फी निन्दा र आलोचना भइरहेको छ। हिन्दू समुदायमाथि पाकिस्तानी बहुसंख्यक मुस्लिम समुदायको ज्यादती बढेको विषयमा अन्तर्राष्ट्रिय समुदायकोसमेत ध्यानाकर्षण भएको छ।

हिन्दूहरुको न्याय र उनीहरुको सुरक्षाको माग गर्दै सिन्ध प्रान्तमा हिन्दूसँगै केही मुस्लिम समुदायहरुले पनि प्रदर्शनहरु गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ