arrow

अमेरिका चीनको तनावमा चीन पहिलोपटक देखियो शान्त

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १३ मंगलबार
usa-china1.jpg

काठमाडौं। वर्षौंसम्म अन्य राष्ट्रहरुलाई नियन्त्रणमा ल्याउने नीति अँगाल्दै आएको चीन सेलाएको छ। अमेरिकाले हुस्टनस्थित वाणिज्य दुतावास बन्द गर्न आदेश दिएसँगै चीन पहिलो पटक शान्त भएको हो। ‘यस्ले गम्भिर रुपमा दुई पक्षिय सम्बन्धलाई खतम गर्छ तथा अमेरिकी र चिनियाँ नागरिकबीचको सम्बन्धमा सधै फाटो पार्छ’ चिनियाँ विदेशमन्त्री वांग वेननिको भनाइ उदृत गर्दै सिड्नी मर्निंग हेराल्डले बताएको छ।

अमेरिकाले चीनलाई वाणिज्य दुतावास बन्द गर्न ७२ घण्टाको अल्टिमेटम दिएको थियो। चीनले भने कुटनीतिक फैसला उल्टिएलाकी भन्ने आशा राखेको थियो। यसबाहेक चीनले अमेरिकी निर्णय फिर्ता होलाकी भनेर छेन्दुमा रहेको अमेरिकी वाणिज्य दुतावास बन्द गर्न निर्देशन दिएको थियो।

अमेरिकाले तिब्बती व्यापारीक क्षेत्र समेट्ने छेन्दुमा रहेको दुतावास बन्द गरेको हो । चीनले अमेरिकी कदमलाई रोक्नका लागि कुने अवरोध जनाउँन सकेको छैन।क्यफिार्नियाको योर्बा लिन्डास्थित रिचर्ड प्रेसिडेन्टल लाइब्रेरिमा बोल्दै विदेशमन्त्री माइक पोम्पेओले भने, कम्युनिस्ट शासित चीनलाई बदल्नका लागि यसका नेताहरुले भने अनुसार नभइन गरेअनुसार प्रतिकृया दिनु पर्छ, पूर्व राष्ट्रपति रोनाल्ड रेगनले सोभियतसँग विश्वास गरेर प्रमाणीत गरे तर, जब चीनको कुरा आउँछ अविश्वास गरेर प्रमाणीत गर्नुपर्छ।

एनीसँगको एक अन्तर्वार्तामा बोल्दै अमेरिकी केन्द्रिय विभागका प्रवक्ताले चीनले पछिल्ला वर्षहरुमा अमेरिका र यहाँका नागरिकहरुमाथि जासुसी एवं अन्य गतिविधिहरु गर्दै आएको बताएका थिए ।

यसबाहेक चिनियाँ अधिकारीहरुले वौद्धिक सम्पतीको चोरी गरेको, व्यापारीहरुलाई दबाबमा राखेको र चिनियाँ मूलका अमेरिकी परिवारहरुलाई धम्की दिने जस्ता गतिविधीहरु समेत गरेको उनले बताए । चिनियाँ अधिकारीहरुले अमेरिकी राजनीतिमा समेत हस्तक्षेप गरेको उनले बताए ।

त्यस्तै पोम्पेओले कम्युनिस्ट रणनीति एवं चीनविरुद्ध संयुक्त राष्ट्रसंघ, जी ७, जी २० को संयुक्त कुटनीतिक गठबन्धन एवं सैन्य बल पर्याप्त रहेको बताएका छन् । पोम्पेओले यो समय समान बिचार भएका प्रजातन्त्रहरुको नयाँ गठबन्धनका लागि हुनसक्ने समेत बताए। पछिल्लो समय बढ्दा विवादास्पद चिनियाँ गतिविधिहरु विश्वव्यापी रुपमा निन्दाका विषय बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ