arrow

पहिलो नै रह्यो अमेरिका !

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
corona-usa-newyork.jpg

एएफपी, वासिङटन । विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसको संक्रमणमा पहिलो स्थानमै रहेको छ ।  अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।

  गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ । 

स्थानीय समयानुसार मङ्गलबार राती ८:१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ । 

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको संक्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ । 

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना संक्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ