arrow

६ लाख ६४ हजार नाघ्यो मृतकको संख्या

logo
एएफपी, जेनेभा,
प्रकाशित २०७७ साउन १४ बुधबार
corona-virus-recovery.jpg

 स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ६४ हजार ६०२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ ।

सो सङ्गठनका अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ६९ लाख ५६ हजार २८८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड ५ लाख ६ हजार २९० व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५७ लाख ८५ हजार ३९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये  ६६ हजार ५१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १३० जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ३८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । 

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ । 

दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५२ लाख ८० हजार ५६२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख १२ हजार ६४४ जनाको मृत्यु भएको छ । 

युरोपमा २८ लाख २४ हजार ९९५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ । 

एशियामा ४० लाख ९७ हजार १३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९३ हजार ४७२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ७८ हजार ८१५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ५६६ जनाको मृत्यु भएको छ ।  

ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९८ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ