arrow

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित 

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
corona-india12.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा सोमबार भने कम संक्रमित भेटिएका थिए । तर बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । 

बुधबार ५२ हजार २६३ जना संक्रमित भएका छन् । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १५ लाख ८४ हजार ३८४ जना पुगेका छन् । मृतक ३५ हजार ३ पुगेका छन् । बुधबार ७७५ जनाको ज्यान गएको छ । मंगलबार ७७० जनाको ज्यान गएको थियो । सोमबार ६३६ तथा आइतबार ७०४ जनाको ज्यान गएको थियो ।

हाल ५ लाख २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार ३२ हजार ८२९ जनालाई निको भएको छ । मंगलबार ३५ हजार ६७१ जनालाई निको भएको थियो । 

यो अहिलेसम्मकै बढी हो । सोमबार ३४ हजार ४४४ जनालाई निको भएको थियो । आइतबार ३१ हजार ५०२ लाई निको भएको थियो । हालसम्म १० लाख २१ हजार ६११ जनालाई निको भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ