arrow

एकैदिन दुई लाख ८५ हजार कोरोना संक्रमित थपिए, मृतक ६ हजार ८ सय

अमेरिका र ब्रजिलमा पनि उर्लियो संख्या, यस्तो छ शीर्ष १० देशको अवस्था

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
corona-usa-doc.jpg

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० बाट एकैदिन २ लाख ८५ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्चमध्येको एक हो । 

सोमबार २ लाख १९ हजार संक्रमित थपिँदा मृतक ४ हजार १९० थपिएका थिए । मंगलबार २ लाख ४८ हजार संक्रमित थपिँदा मृतक ५ हजार ५८० थपिएका थिए । 

तर बुधबार संक्रमण र मृत्युले बिगतको रेकर्ड तोडेको हो । बुधबार एकैदिन ६ हजार ७७० जनाको ज्यान गएको छ । 

यस्तो छ शीर्ष १० देशको अवस्था 
अमेरिकामा बुधबार ६६ हजार ९७३ जना संक्रमित थपिएका छन् । मंगलबार ६४ हजार २५१ जना संक्रमित थपिएका थिए । हालसम्म संक्रमित ४५ लाख ६७ हजार ७५० पुगेका छन् । 

मृतक १ हजार ४२९ थपिएका छन् । यो पछिल्लो समयको सबैभन्दा बढी हो । मंगलबार १ हजार २१० थपिएका थिए । कुल मृत्यु १ लाख ५३ हजार ७२० पुगेको छ । सोमबार ६१ हजार ७७५ संक्रमित थपिँदा ५९६ जनाको ज्यान गएको थियो । 

दोस्रो स्थानको ब्रजिलमा बुधबार ७० हजार ८६९ जना संक्रमित थपिएका छन् । सोमबार २३ हजार ५७९ जना संक्रमित थपिएकामा मंगलबार ४१ हजार १६९ जना थपिए । कुल संक्रमित २५ लाख ५५ हजार ५१८ पुगेका छन् । मृतक १ हजार ५५४ जना थपिएर ९० हजार १८८ पुगेका छन् । 

तेस्रो भारतमा ५२ हजार २४९ संक्रमित थपिएर १५ लाख ८४ हजार ३८४ जना पुगेका छन् । मृतक ७७९ थपिएर ३५ हजार ३ पुगेका छन् । 

चौथो रुसमा ५ हजार ४७५ जना संक्रमित थपिएर ८ लाख २८ हजार ९९० पुगेका छन् । मृतक १६९ थपिएर १३ हजार ६७३ पुगेका छन् । 

पाँचौं स्थानको दक्षिण अफ्रिकामा ११ हजार ३६२ संक्रमित थपिएर ४ लाख ७१ हजार १२३ जना पुगेका छन् । २४० मृतक थपिएर ७ हजार ४७९ जना पुगेका छन् । 

छैटौं स्थानको मेक्सिकोमा ७ हजार २०८ संक्रमित थपिएर ४ लाख २ हजार ६९७ पुगेका छन् । मृतक ८५४ थपिएर ४४ हजार ८७६ पुगेका छन् । 

सातौं स्थानको पेरुमा संक्रमित ३ लाख ९५ हजार ५ जना पुगेका छन् । मृतक १८ हजार ६१२ पुगेका छन् । 

आठौं चिलीमा १ हजार ७७५ संक्रमित थपिएर ३ लाख ५१हजार ५७५ पुगेका छन् । मृतक ३८ थपिएर ९ हजार २७८ पुगेका छन् । 

नवौं स्पेनमा २ हजार ३१ संक्रमित थपिएर ३ लाख २९ हजार ७२१ पुगेका छन् । मृतक ५ थपिएर २८ हजार ४४१ पुगेका छन् । 

दशौं बेलायतमा ७६३ संक्रमित थपिएर ३ लाख १ हजार ४५५ पुगेका छन् । मृतक ८३ थपिएर ४५ हजार ९६१ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ