arrow

कोरोनाको संक्रमणबीच हज यात्रा शुरु, ९० बर्षको इतिहासमा पहिलो पटक यस्तो हुँदैछ ‘हज यात्रा’ 

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ साउन १५ बिहिबार
haz.jpg

साउदी अरेबिया । कोरोना कहरको बीच साउदी अरेबियामा यस बर्ष १४४१ ज़िल–हिज्जह महिनाको हज यात्रा बुधबार देखि शुरु भएको छ । 

यस बर्षको हज यात्रा ९० बर्षदेखि हुँदै आएको हज यात्रा भन्दा धेरै फरक देखिएको छ । जुन तस्बिरमा साफ देखिन सकिन्छ ।

हज गर्न आएका सबै हज यात्रीहरु साउदी अरेबियाको पबित्र शहर मक्कामा एकत्रित भई अरबी महिनाको ज़िल –हिज्जहको पहलो रात्रीमा अल्लाहको घरमा एहराम अर्थात पुरै सेतो कपडा लगाएर कांबा शरीफको चारैतिर फैलिएको देखिएका हाजींहरुले कोरोना महामारीको बीच खानें ए कांबाको तवाफ अर्थात फेरा लिए ।

हज यात्रीहरुले खाने ए कांबाको तवाफ गर्दा अल्लाहसंग दुआ ए रहमत तथा मग्फिरत तथा हज कुबुल गर्न दुआ मागे साथ साथै बिश्वभरी फैलिएको कोरोना महामारी जस्तो ज्यान लिने बलासंग निजात अर्थात छुट्कारा दिलाउन हज यात्रीहरुले दुआ गरेका थिए ।

बिश्वभरी कोरोना भाइरसको बिगबिगी रहेको कारण यस पटकको हज यात्रा कोरोना भाइरसको सुरक्षाको सबै उपायको बीच भैइ रहेको छ । हज यात्रामा सहभागी हुने यात्रीहरुको कोरोना जाँच गर्नुको साथै फेस मास्क अनिवार्य लगाउनु पर्ने तथा सामाजिक दूरी नियमको पालना अनिवार्य गर्नु पर्ने निर्देश दिएका छन जुन आज खांने ए कांबाको तवाफ गरि रहँदा हज यात्रीहरुमा सामाजिक दूरी स्पष्ट देखिएको थियो ।

हरेक बर्ष हज गर्नका लागि बिश्वभरीबाट लाखौं मुस्लिम धर्मावलम्बीहरु साउदी अरेबिया आउने गर्थे तर यस पटक कोरोना भाइरसको जोखिमले गर्दा साउदी सरकारले हज यात्रालाई सिमित गरेको हो । जसले गर्दा अरु देशबाट हज यात्रामा आउने हाजीहरुलाई साउदी सरकारले अनुमती दिएको छैन ।

हुन त हज गर्नका लागि साउदी सरकारले हरेक बर्ष कुनै उमेर हद तोकेको हुन्दैंन थियो तर यस पटक कोरोना महामारीले गर्दा साउदी सरकारले उमेर सीमा निर्धारण गरेको छ जुन २० बर्ष देखि लिएर ५० बर्ष सम्म रहेको छ । 

साउदी अरेबियाले यस पटक हज गर्नको लागि १० हजार जनालाई मात्र हज गर्न जाने अनुमति दिएको छ । जसमा ९ हजार साउदी नागरिक रहेका छन् भने १ हजार प्रावासी रहेको कुरा जानकारीमा आएको छ जुन पहिले देखि नै साउदी अरेबियामा मौजुद रहेका छन् । 

यस बर्षको हज यात्रामा हाजींहरुको सम्पुर्ण खर्च साउदी सरकारले उठाएको छ । जसमा होटलमा बस्ने देखि लिएर खानेकुरा तथा स्वास्थको रेखदेख, आवागमनको सुबिधा सहित राज्य सरकारको हाथमा रहेको बताएको छ ।

साउदी मिडिया रिपोर्टका अनुसार मक्काको ग्रैंड मस्जिदमा एक स्वच्छता अभियानको तहत सेनेटाइज गर्नका लागि ३ हजार ५ सय जना सफाईकर्मी लगाएको छ । 

जसमा स्वच्छता अभियानको तहत दिनमा मक्का स्थित पवित्र ग्रैंड मस्जिदलाई १० पटक भन्दा बढी सेनेटाइजेशन गर्नुको साथ साथै इत्र खुश्बु जस्ता बाँकी चीजको छिड़काव गर्दैछ ।

हज यात्रामा आउन समान्य तय हजारौं डालर खर्च हुन्छ जसले गर्दा साउदी अरेबियालाई हरेक बर्ष करोडौं डालर रेबेन्यु मिल्छ । 

साउदी अरेबियाको ९० बर्षको इतिहासमा अहिले सम्म कहिले पनि हज रद्द भएको छैन यो साउदी इतिहासमा पहिलो पटक हो जुन बिदेशबाट हजयात्री हज गर्न आउन पाएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ