arrow

कोरोना खोपको अनुसन्धानमा जासुसी गर्ने दुई चिनियाँ अमेरिकामा पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १५ बिहिबार
USA-flag.jpg

काठमाडौं। चीनद्वारा प्रायोजित ह्याकरहरूले कोरोना भाइरस (कोभिड–१९) को खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाइरहेको आरोप अमेरिकाले लगाएको छ। अमेरिकी न्याय मन्त्रालयले कोभिड–१९ बारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे दुई जना चिनियाँ नागरिकले जासुसी गरेको अभियोग लगाएका छन् । ती ह्याकरहरूले सूचना चोरी गर्न सरकारी सूत्रहरूबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ ।

अधिकारीका अनुसार ती दुई जनालाई साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियानअन्तर्गत मुद्दा चलाइएको छ । इलेक्ट्रिकल इन्जिनियरिङका दुई विद्यार्थी ली सियाओई र डुङ जियाजमाथिको अभियोग मंगलबार सार्वजनिक गरिएको हो । अभियोजनकर्ताहरूले उनीहरू दुई जनामाथि कोभिड–१९ को सम्भावित खोपबारे अनुसन्धान गरिरहेको म्यासचुसेट्सको बायोटेक कम्पनीमा गत जनवरीमा जासुसी गरेको आरोप लगाएका छन् । 

त्यसको एक साता नपुग्दै उनीहरूले कोभिड–१९ बारे अनुसन्धान गरिरहेको मेरिल्यान्डस्थित कम्पनीको सूचना पनि ह्याक गरेको दाबी अमेरिकी अधिकारीको छ । अधिकारीहरूका अनुसार यी दुवै जना निजी ह्याकर हुन्, जसले विभिन्न समयमा चिनियाँ गुप्तचर निकाय र राज्य सुरक्षा मन्त्रालयबाट पनि सहयोग लिँदै आएका छन् । अमेरिकी अभियोजनकर्ताहरूले यी दुईमाथि यसअघि व्यापारसम्बन्धी गोप्य सूचना, बौद्धिक सम्पत्ति र अन्य महत्त्वपूर्ण व्यापारसम्बन्धी जानकारीबाट लाखौं डलर चोरेको आरोप लगाएका छन्।उनीहरूले सन् २००९ देखि नै यस प्रकारको कार्य गर्दै आएका थिए ।  

अभियोगपत्रमा दुवै जनालाई चीनको सुरक्षा मामिला हेर्ने मन्त्रालयले सहयोग गरेको र उनीहरूले चिनियाँ सरकारका लागि काम गर्ने गरेको दाबी गरिएको छ । उनीहरूले हङकङमा प्रजातन्त्रका लागि लडेका एक अभियानकर्मीको पासवर्ड प्रयोग गरेर सेनाको विवरण चिनियाँ सरकारलाई उपलब्ध गराएको आरोपसमेत लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ