arrow

नाइजेरियामा १४ गाउँलेको हत्या

logo
सिन्ह्वा,
प्रकाशित २०७७ साउन १५ बिहिबार
naigeria.png

अबुजा । बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् । 

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले बताए ।

प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको बताए । उनले घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ