arrow

पेरुमा कोरोना सङ्क्रमितको संख्या चार लाख नाघ्यो

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
keiko-fujimori-peru.jpg

एएफपी, लिमा । पेरुमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । 

 पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस संक्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ । ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड १९ को संक्रमितको संख्या पेरुमा बढी रहेको छ  । 

गत २४ घण्टामा पेरुमा कोरोना भाइरस संक्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्तिको थप संक्रमित भएका छन् । यो संख्या गत जुन १२ पछिको सवभन्दा बढी भएको समाचारमा जनाइएको छ । 

पेरुले राजधानी  लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत  जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ