arrow

भारतमा कोरोनाको डरलाग्दो अवस्था

logo
एएनआइ,
प्रकाशित २०७७ साउन १५ बिहिबार
india-crime.jpg

नयाँ दिल्ली । भारतमा  ‘कोभिड १९’ को डरलाग्दो अवस्था देखिएको छ । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ८३  हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९६८ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस संक्रमित मध्ये १० लाख २० हजार ५२८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।  

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधबार एकै दिनमा  नौ हजार २११ व्यक्ति थप संक्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ । 

महाराष्टमा कुल  चार लाख ६५१ जना संक्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १२९ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना संक्रमणको कारण हालसम्म १४ हजार ४६३ व्यक्तिको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा संक्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जना संक्रमण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ