arrow

कोरोनायुक्त संसार : कति पुगे मृतक तथा संक्रमित ?

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
corona-world.jpg

एएफपी, जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ ।

सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५८ लाख १४ हजार ३२१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये  ६६ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३७५ जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा एक लाख ५३ हजार ८४५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

दक्षिण अमेरिकामा ३९ लाख ५२ हजार ४४० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ३९ हजार ७८१ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५३ लाख ६० हजार २०० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ । 

युरोपमा २८ लाख ४० हजार ३४३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ । 

एशियामा ४१ लाख ३७ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९४ हजार १९४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ९५ हजार १५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ९०८ जनाको मृत्यु भएको छ ।  

ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २१३ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ