arrow

पोलिटव्यूरोमा राष्ट्रपति सीको मुख्य एजेण्डा : कोरोना भाइरस, अर्थतन्त्र र व्यापार युद्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
xi-jin-ping-china-president.jpg

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय निर्णायक समिति पोलिटब्युरोको बैठक यही महिनाको अन्तिमबाट सुरु हुने भएको छ। सीपीसीको यस बैठकलाई अर्थशास्त्री तथा विश्लेषकहरुले नजिकबाट नियालीरहेका छन्।

यस बैठकमा राष्ट्रपति सीले नोभेल कोरोना भाइरस, अर्थतन्त्र र व्यापार युद्धलाई मुख्य एजेण्डाका रुपमा अघि सारेका छन्। कोरोना भाइरसको संक्रमणपछिको दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र आश्चर्यजनक तरिकाले वृद्धि भएको थियो। वर्षको अर्धवार्षिकमा हुन लागेको पोलिटब्युरो बैठकमा सत्तारुढ कम्युनिस्ट पार्टीका राष्ट्रपति सी जिनपिङले आगामी समयको आर्थिक नीति कस्तो हुने भन्‍ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

जुलाई अन्तिम साता पोलिटब्युरो बैठक हुने चिनियाँ कम्युनिस्ट पार्टीको प्रचलन रहेको छ। जसले मुलुकको अर्धवार्षिक आर्थिक समीक्षा र आर्थिक गतिविधिबारे जानकारी गराउछन्। चीनको आर्थिक स्थायित्वका लागि राष्ट्रपति सीले महत्वपूर्ण आर्थिक नीति अघि सार्ने जनाइएको छ।

सन् २०१९ को डिसेम्बरमा सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट विश्वभर फैलिएको महामारीले विश्वव्यापी अर्थतन्त्र नै संकटमा परेको अवस्था छ। चीनले भने आफ्नो अर्थतन्त्रलाई उकास्ने रणनीति बनाउँदै गरेको पाइएको हो। यसअघि युरोपियन युनियनका सदस्य राष्ट्रका प्रमुखहरुले पनि युरोपको अर्थतन्त्र उकास्‍न बृहत राहत प्याकेजको घोषणा गरेको थियो।

सीपीसीले सुरु गरेको समाजवादी धारलाई अघि बढाउनमा सी जिनपिङको जोड
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले समाजवादी धारलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले पुस्तौं पुस्तासम्म समाजवादी धारलाई थप बलियो बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।

जिलिन प्रान्तको चाइनिज् पिपुल्स वारको सिपिङ ब्याटल हलमा गरिएको अवलोकन भ्रमणका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले यस विषयमा आफ्नो धारणा राखेका हुन्।

उनले विश्वभर सी विचार धारा र २१ औं शताब्दीको समाजवादको प्रबर्द्धन गर्नसमेत ठूलो धनराशि खर्च गरिरहेका छन्। नेपालमासमेत त्रिभूवन विश्वविद्यालयमा सी विचारधारा अध्ययन केन्द्र स्थापना गर्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ