arrow

संक्रमणको प्रभाव कहाँ कति ?

logo
एएफपी,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
corona-world.jpg

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ । 

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ । 

एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ ।  

ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ