arrow

ईश्वर निन्दा गरेको भन्दै पाकिस्तानको अदालतमै अमेरिकी नागरिकको हत्या

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
pakistan-flag.jpg

काठमाडौं। पाकिस्तानी अदालतमा पाकिस्तानी मूलका एक अमेरिकी नागरिकको हत्याको विषय निकै लज्जास्पद अपराध भएको ठहर गर्दै अमेरिकी विदेश मन्त्रालयले इस्लामावादलाई कारबाहीका लागि सुझाव दिएको छ। अल्पसंख्यक अहमद समुदायका ताहिर अहमद नासीमको पाकिस्तानी अदालतमै हत्या भएको हो। भगवानविरुद्ध अपशब्द बोलेको आरोपमा पक्राउ परेका ताहिरको अदालतकै एक कोठामा बुधबार हत्या भएको हो।

‘ताहिर नसीमको परिवारलाई सान्त्वना दिदै, पाकिस्तानको अदालतमा क्रुर हत्या भएका उनलाई न्याय दिन र भविष्यमा यस्ता भयानक अपराधका घटनाहरु दोहोरिन नदिन इस्लामावादलाई तुरुन्तै कदम चाल्न आग्रह गरिन्छ’अमेरिकी केन्द्रीय दक्षिण एवं मध्य एसिया मामिला विभागले ट्विट गरेर भनेको छ।

कडा सुरक्षाका बावजुत पनि अदालत भित्र छिर्न सफल युवा आक्रमणकारीलाई पछि पक्राउ गरिएको थियो। नसीम २ वर्षअघि ईश्वर निन्दाको आरोपमा पक्राउ परेका थिए।

ईश्वर निन्दाको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकको पाकिस्तानी अदालतमै हत्या भएको हो। पाकिस्तानमा अल्पसंख्यकरुपमा रहेका अहमदी समुदायले वर्षौदेखि सामाजिक हिंसा एवं उत्पिडनको सामना गर्दै आएका छन्। पाकिस्तानको विवादास्पद कानुनले ईश्वरविरुद्ध बोल्नेलाई मृत्युदण्डको सजाय दिने गर्छ।

पाकिस्तानमा अल्पसंख्यक रुपमा रहेको हिन्दु, क्रिश्चियन, सिखसमुदायका धर्मावलम्बीहरुलाई कुरानलाई गलत भनेको आरोपमा विभिन्न किसिमका सजायहरु भोगाउन बाध्य पारिएको छ। पाकिस्तानमा मुस्लीम समुदायका सरकारी अधिकारीहरुले नै समेत अन्य समुदायका मानिसहरुमाथि हिंसात्मक घटनाहरु गर्ने गरेको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ