arrow

हङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
hongkong-protest-china-usa.jpg

हङकङ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ ।

 हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ ।  उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्षीलाई कमजोर पार्ने अभिप्रायबाट आएको बताएका छन् ।

तर बेइजिङले हङकङको उक्त घोषणालाई स्वागत गर्दै निर्वाचनको स्थगनलाई महामारीका कारण लिइएको उचित निर्णय बताएको छ । 

कोरोनाभाइरस सङ्क्रमणको महामारीको कारण व्यवस्थापिका संसदको निर्वाचन एक वर्ष पछि सार्ने हङकङको निर्णयलाई चीनले ‘आवश्यक तथा उचित’ कदम भनेको छ ।

“यो एकदम आवश्यक, उचित र कानूनसम्मत निर्णय हो, चिनियाँ स्टेट काउन्सिल, हङकङ तथा मकाउमामिला कार्यालयले जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ । केन्द्र सरकारले निर्णयलाई पूर्णरूपमा बुझ्दछ र आवश्यक सहयोग गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ