arrow

रकेट आक्रमणमा परी अफगानिस्तानमा १५ को मृत्यु

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
rocket-attack.jpg

एएनआई, काबुल । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । 

घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
  
त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उनको भनाइ छ ।

“अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए । 
 
घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि श्रोतले जनाएको छ ।

भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन । 

श्रोतका अनुसार अहिले उनीहरुले भिडन्त स्थगन गरेपनि कुनैपनि बेला फेरि आक्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ । 

दुवै तर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरीपरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि श्रोतले जनाएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ