arrow

भारतले ब्रजिललाई पनि उछिन्यो, अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित 

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
corona-india-ppe.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी भाइरसका संक्रमित फेला परेका छन् । 

शुक्रबार ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । 

बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १६ लाख ९७ हजार ५४ जना पुगेका छन् । मृतक ३६ हजार ५५१ पुगेका छन् । शुक्रबार ७६४  जनाको ज्यान गएको छ । बिहीबार ७८३ जनाको ज्यान गएको थियो । बुधबार ७७५ जनाको ज्यान गएको थियो । मंगलबार ७७० जनाको ज्यान गएको थियो । सोमबार ६३६ तथा आइतबार ७०४ जनाको ज्यान गएको थियो ।

हाल ५ लाख ६४ हजार ४३० जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार ३६ हजार ५५४ जनालाई निको भएको छ । बिहीबार ३७ हजार ४२५ जनालाई निको भएको छ । यो एकै दिनको अहिलेसम्मकै सबैभन्दा धेरै हो । बुधबार ३२ हजार ८२९ जनालाई निको भएको थियो । मंगलबार ३५ हजार ६७१ जनालाई निको भएको थियो । 

हालसम्म १० लाख ९५ हजार ६४७ जनालाई निको भइसकेको छ । 

शुक्रबार भारतले ब्रजिललाई पनि उछिनेको छ । ब्रजिलमा ५२ हजार ५०९ जना संक्रमित थपिँदा भारतमा ५७ हजार ४८६ पुगेका हुन् । 

ब्रजिल दोस्रो तथा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा ७० हजार ८५८ जना संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ