arrow

हङकङका नागरिकलाई बेलायती नागरिकता त्याग्न दबाब दिँदै चीन, चीन या बेलायत एक रोज्नुपर्ने

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १८ आइतबार
hongkong.jpeg

काठमाडौं। हङकङमा बेलायती पासपोर्ट (बीएनओ) एका नागरिकहरुलाई बेलायत या चीनमध्ये एक रोज्न चीनले दबाब दिएको छ । बेइजिङले आफ्नो नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्न खोजेसँगै चीनले यस्तो दबाब दिन थालेको हो।

गत जुलाई २२ मा बेलायतले हङकङका नागरिकहरुलाई बेलायतको स्थायी बासिन्दा हुनका लागि आवेदन दिन नीति घोषणा गरेको थियो।  जसअनुसार हङकङमा बेलायती नागरिकता भएका र अन्य नागरिकले बेलायतमा स्थायी बसोबासका लागि आवेदन दिन पाउने भएका छन् भने बेलायतमा ६ वर्ष बसिसकेपछि त्यहाँको नागरिकता पाउनेछन्।

चीनले गत जुनमा हङकङमाथि राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि बेलायतले यस्तो कदम चालेको थियो । बेलायतले यो योजना सन् २०२१ देखि सुरु गर्नेछ ।
यद्यपी चीनको विदेश मन्त्रालयले भने बेलायतको एकतर्फी घोषणा भन्दै निर्णयको आलोचना गरेको छ । उसले बीएनओलाई हङकङका नागरिकको भ्रमण कागजात समेत नमान्ने भनेको छ।

यद्यपि ती नागरिकहरुसँग चीन प्रवेश गर्नका लागि अन्य थुप्रै परिचयपत्र भएका कारण चिनियाँ कदम हास्यास्पद रहेको हङकङकै नागरिकहरुको टिप्पणी छ । अहिले चीन बेलायती पासपोर्ट(बीएनओ) भएका हङकङका नागरिकहरुको चिनियाँ नागरिकता कटौती गर्ने प्रकृयामा छ।

बेइजिङस्थित बिहांग कानुन विश्वविद्यालयका सहप्रध्यापक टियान फेइलोंगले भने,“बीएनओ भएका नागरिकहरुलाई चीनले बेलायत या चीनमध्ये एक राष्ट्रियता छान्नका लागि दबाब दिनेछ, किनकी चीनले बहुराष्ट्रियतालाई मान्यता दिनेछैन्, बेलायती नागरिकता पाउनेहरुले चिनियाँ राष्ट्रियता स्वतः गुमाउनेछन् भने उनीहरुले पाउने सुविधा पनि कटौती हुनेछ ।”

चीनले नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्न बेलायतको नागरिकता वाहकहरुलाई मात्रै लक्षित गर्ने टियांग बताउँछन् । चीनले हङकङमाथिको आफ्नो हस्तक्षेपलाई यति बलियो बनाउन खोजिरहेको छ, कि उस्ले बेलायतले आफ्नो योजना अघि नसारेमा भने नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्नेछैन् ।

सन् १९९६ को मेमा चीनले हङकङमा बीएनओ भएका नागरिहरुले बीएनओलाई भ्रमणका लागि प्रयोग गर्न सक्ने घोषणा गरेको थियो । तर, अहिले चीनले बेलायती पासपोर्ट भएका नागरिहरुलाई लक्षित गर्दै नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्न खोजेको हो । उस्ले चीन या बेलायतमध्ये एकमात्रै देशको पासपोर्ट राख्न भनेपछि बेलायती पासपोर्ट राख्ने नागरिकहरुका लागि सुरक्षा र सुविधाका कुराहरु कटौति गर्ने चिनियाँ अधिकारीहरु नै बताउँछन् ।

एक चिनियाँ अधिकारी एनजी चि सुमले भने, “बेलायत सर्ने निर्णय गरेका हङकङबासीलाई चीनले नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्दा झनै फाइदा हुनेछ।”

यद्यपि चीनको यो कदमले बेलायत छान्ने नागरिकहरुलाई अर्को फाइदा पनि हुने देखिन्छ। चीनले नागरिकता सम्बन्धी कानुन परिवर्तन गरेर बीएनओ भएका बासिन्दाहरुलाई चीनको राष्ट्रियता र स्थायी बासिन्दाबाट हटाइदिन्छ भने बेलायती नागरिकता सम्बन्धी कानुनको सेक्सन ४बी अनुसार स्वोतः बेलायती नागरिकता पाउनेछन् ।

चीनले पछिल्लो समय हङकङमाथि पूर्ण हस्तक्षेपको बढाएको छ । उस्ले त्यहाँ सुरक्षा सम्बन्धी भन्दै लागु गरेको कानुनले हङकङको सार्वभौमिकता र बेलायसँगको सम्झौतालाई उल्लंघन गरिदिएको छ । जसकारण चीन अहिले विश्वव्यापी निन्दामा परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ