arrow

ब्राजिलमा एक हजारभन्दा बढी संक्रमितको मृत्यु

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
brazil-corona.jpg

रियो दि जेनेरियो । ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ संक्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । 

आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति संक्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ संक्रमितको मृत्यु भएको छ । 

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ भने संक्रमितको सङ्ख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो शहर सबैभन्दा बढी प्रभावित शहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति संक्रमित रहेका छन् भने २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी संक्रमित रहेका टन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ । 

विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी संक्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै संक्रमित रहेको मुलुक भारत हो । यसबाहेक रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, इरान, कोलम्बियामा संक्रमितको सङ्ख्या उच्च रहेको छ । संक्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत, इटली, फ्रान्स र भारत रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ