arrow

केपी ओलीको सत्ता जोगाइदिएका शुसिल भट्ट भए पुरस्कृत, लगानी बोर्डको सिइओमा नियुक्त

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १९ सोमबार
sushil-bhatta.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहने लगानी बोर्डमा सरकारले विभिन्न चिनियाँ कम्पनीका एजेन्ट भएर काम गरिरहेका विवादास्पद व्यक्ति शुसिल भट्टलाई सिईओमा चयन गरेको छ ।  

मन्त्रीपरिषदको सोमबार बसेको वैठकले भट्टलाई नियुक्त गरेको हो। बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा युवराज खतिवडा संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र अर्थशास्त्री डा गोविन्द नेपाल सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेका नामबाट मन्त्रिपरिषदले भट्टलाई सिईओमा नियुक्त गरेको हो । 

सिइओ सिफारिस समितिमा सर्टलिस्टमा परेकामध्ये योजना आयोगका सदस्य भट्ट केपी ओलीलाई आइलागेको सत्ताको संकट टार्न लागेका कारण उनको नियुक्ती पक्का भएको थियो । वोर्डमा सिईओ बनेका राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका भट्ट र उनका भाइ दिपक भट्ट नेपालमा चिनियाँ कम्पनीका एजेन्टका रुपमा लामोसमयदेखि कार्यरत छन् । नेपालको राजनीतिक उतारचढावमा पनि भट्ट दाजुभाई सक्रिय रहँदै आएका छन् । पछिल्लो समय नेकपाको विवाद पनि मिलाउन भन्दै उनीहरु सक्रिय रहेका थिए ।

राष्ट्रिय योजना आयोगको सदस्य नेकपा अध्यक्ष प्रचण्डको कोटाबाट बनेका भट्ट लगानी बोर्डको सिईओ भने नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीकै चाहनामा बनेका हुन् । प्रचण्ड नेपाल खेमामा रहेका वामदेव गौतमलाई एकाएक ओली खेमामा ल्याउन भट्ट दाजुभाइको भूमिका महत्वपूर्ण रहेको नेकपा स्रोत बताउँछ । भट्ट दाजुभाइ र नेकपा महासचिव बिष्णु पौडेलले संयुक्त रुपमा गौतमलाई मनाएका थिए । भट्ट र पौडेलबीच धेरै बिषयमा लेनदेन रहेको नेकपाकै नेताहरु बताउँछन । भट्टको वामदेव गौतमसँग अझ पुरानो र राम्रो सम्वन्ध छ । दुबै पक्षसँग भएको राम्रो सम्वन्धलाई भट्टले नेकपाको विवाद सुल्झाउन प्रयोग गरेको स्रोतको दावी छ । व्यक्तिगत रुपमा वामदेव गौतमसँग अत्यन्त निकट रहेका भट्ट दाजुभाइले चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश पनि ओलीलाई सहयोग गर्ने रहेको बताए पछि गौतम एकाएक ओली क्याम्पमा गएका थिए । 

गौतमको ओली क्याम्पमा जाने बिषय राजनीतिलाई तरंगित पार्ने खालको थियो । तर यो काममा उनीहरुले चिनियाँ चासोलाई सम्वोधन गरेको नेकपाकै एक नेताले बताए । गौतमलाई ओली क्याम्पमा ल्याइदिएका भट्टलाई त्यसैको पुरस्कार स्वरुप लगानी वोर्डको सिइओ बनाउन प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी ओली राजी भएका थिए । प्रधानमन्त्रीको इच्छा अनुसार लगानी वोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्रीले भट्टको नाम अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई मन्त्रीपिषदबाट निर्णय गराउन दिएका थिए । उनलाई सिईओ बनाउन ओलीलाई गौतम र पौडेलले पनि लविङ गरेका थिए । भट्टका लागि बाटो खाली गर्न पौडेलले पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई अन्तर्वार्ता नदिन राजी गराएका थिए । ओलीको इच्छामा आवेदन दिएका भनिएका ज्ञवाली उनकै इच्छामा अन्तर्वार्ता दिन रोकिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ