चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने - निर्वाचनको ठूलो खतरा चीन
एजेन्सी,
प्रकाशित २०७७ साउन २७ मंगलबार
419
Shares
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट राष्ट्रपति पदका उम्मेद्वार जो बिडेनले आफूलाई हराउनका लागि चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचन समयमै होस् भन्ने चाहेको बताएका छन् ।
"चीनले हाम्रो चुनाव भएको मन पराउँछ," उनले भने, "चीनले डोनाल्ड ट्रम्पलाई जो बाइडेनले पराजित गरेको हर्न मन छ । उनीहरुको सपना छ कि बाइडेनेको जीत नै चीनको जीत हो भन्ने ।"
इरानले पनि नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पको पराजय होस् भन्ने चाहेको उनले बताएका छन् । उनले भने, "यदि मैले चुनाव जितेमा चाँडै इरानसँग सम्झौता गर्नेछु ।"
"हामी उत्तर कोरियासँग धेरै छिटो सम्झौता गर्नेछौं," उनले भने, "यदि मैले २०१६ मा चुनाव नजतिकेको भए हाम्रो देश उत्तर कोरियासँगको युद्धमा हुने थियो । हामी र उत्तर कोरियासँग वास्तविक सम्बन्ध स्थापित भएको छ ।"
अमेरिकी चुनावमा हस्तक्षेपको विषयमा ट्रम्पले चीनलाई "ठूलो खतरा" को रुपमा लिएका छन् ।
के तपाईंलाई चीन ठूलो खतरा हो भन्ने लाग्छ भन्ने एक प्रश्नमा ट्रम्पले भने, " मलाई लाग्छ, यो हुन सक्छ । हामी ती सबैलाई धेरै नजिकबाट हेर्नेछौं ।'
ट्रम्पले भने, "हामीसँग रहेको सबैभन्दा ठूलो जोखिम 'मेल-इन' मतपत्र हो । किनभने मेल-इन मतपत्रका साथ यो विदेशी शक्तिलाई सजिलो हुन्छ- चाहे त्यो रूस, चीन, इरान वा उत्तर कोरिया- 'मतपत्रहरूमा जालसाजी' हुनसक्छन्।"