arrow

बुद्धजयन्तीका दिन रुपन्देहीमा मारकाट गर्न रोक, पशु–पंक्षीको हत्या गर्नेलाई कारबाही (विज्ञप्तीसहित)

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
lumbini-new-fnl.jpg.jpeg
रुपन्देही । २५ सय ६०औं बुद्ध जयन्तीको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह हुँदैछ । बुद्ध जयन्तीलाई लक्षित गरी रुपन्देहीमा तयारी तिब्र मात्रै पारिएको छैन । अहिंसाका प्रतिपादक भगवान गौतम बुद्धको जन्मोत्सवलाई लक्षित गरी शनिबार रुपेन्देही जिल्लाभर पशु पंक्षीको वध नगर्न अपिल जारी भएको छ ।
 
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना नै जारी गरी बुद्धजयन्तीका दिन जिल्लामा रहेका मासु तथा होटल व्यसायीलगायत सबै स्थानीयमा प्राणी हिंसा नगर्न भनेको छ । प्रशासनले सूचना विपरित सो दिन हिंसा भएको देखे सुने प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै सचेत समेत गराएको छ । 
 
यस्तै, प्रशासनले मासु जन्य वस्तु बिक्रि बितरण नगर्न समेत भनेको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले बुद्धजयन्ती अन्तर्राष्ट्रि स्तरबाटै भव्यताका साथ मनाउन लागिएकाले आफुहरुले जिल्लाभरी सो दिन पशु पंक्षीको वध नगर्न र मासु विक्रिवितरण नगरिदिन आग्रह गरेको बताए । 
 
हाम्राकुरासंग उनले भने, ‘पहिले पहिले सरकारी परम्परा नै थियो, बुद्धजयन्ती, महाशिवरात्री, कृष्ण जन्माष्टमीमा वध नगर्न र बलि नदिन सरकारले नै आग्रह गर्ने गरेको थियो, पछि यो भाँडियो, अहिले सो परम्परा कार्यान्वयनमा समस्या भएको छ ।’ यद्यपि, यसपटक हामीले जिल्लामा त्यो परम्परालाई सम्झिनुपर्दछ भनिरहेका थियौं सोही समयमा विभिन्न बौद्ध दर्शन संरक्षक संस्थाहरुले समेत आग्रह गरेपछि यो निर्णय गरेका हौं । यो संयोग मात्र नभई सकारात्मक कदम हो भन्ने हामीले बुझेका छौं–शर्माले भने ।  
 
जेठ ८ गते शनिबार रुपन्देहीमा रहेको लुम्बिनीमा २५ सय ६०औं बुद्धजयन्ती समारोहको राष्ट्रपति विद्यादेवी भण्डारील उद्घाटन गर्ने कार्यक्रम छ । विभिन्न देशमा बौद्धमार्गीहरु समारोहमा सहभागि हुँदै छन् । त्यस अघि विहिबार र शुक्रबार काठमाडौंमा बौद्ध सम्मेलन भइरहेको छ । जसमा २८ देशका प्रतिनीधिहरु सहभागि भएका छन् । 



लोकप्रिय समाचार
नयाँ