जापानका प्रधानमन्त्री आबेद्वारा राजीनामा दिने तयारी
एजेन्सी,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
705
Shares
टोकियो। जापानका सबैभन्दा लामो समय पदवहाल गर्ने प्रधानमन्त्री सिन्जो अबेले शुक्रबर पदबाट राजीनामा दिने घोषणा गरेका छन्। स्वास्थ्यमा समस्या आएर केही दिनदेखि अस्पतालमा रहेको अबेले राजीनामा दिने तयारी गररेको जापानी सञ्चारमा माध्यमले जनाएका छन्।
पछिल्लो समय लगातार दुई पटक अस्पताल भएका अबेले अचानक राजीनामा दिने तयारी गरेका हुन्। अबेलाई पाचन प्रणाली सम्बन्धी र्दिघ संक्रमण (अल्सरेवि कोलाइट्स) रहेका छ। आज साँझ ५ बजे अबेले पत्रकार सम्मेलन र्गने तयारी रहेको छ। अबेले सन् २०१२ देखि प्रधानमन्त्रीकाे पद सम्हाल्दै आएका थिए।