arrow

अख्तियार विरुद्ध कार्वाही किन नगर्ने – धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७७ भदौ २७ शनिबार
dhanaraj-gurung.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । 

सामाजिक संजाल ट्वीटरमार्फत उनले भ्रष्टाचार निमिट्यान्न पार्ने निकाय नै भ्रष्टाचार गर्न लागेको प्रसंगतर्फ केन्द्रीत गराउँदै अख्तियारलाई कार्वाही किन नगर्ने भनी प्रश्न उठाएका हुन् । 

उनले लेखेका छन् ‘एक हजार घुस लिएको भनी अख्तियारले मुद्दा चलाएको खरिदार रामहरी सुबेदीले आत्महत्या गरिसके। विशेष अदालतले उनलाई सफाई दिने निर्णय गरेको समाचार पढियो । यता सवा एक अर्ब भ्रष्टाचार भएको आयल निगम जग्गा खरिद काण्डको फाइल भने तामेलीमा राख्ने निर्णय गर्ने अख्तियार बिरुद्ध कारबाही किन नगर्ने ?’

यी दुई फरक प्रसंगले अख्तियारले पछिल्लो समय गरेका काम कार्वाही र अख्यियारका सदस्यहरुको भूमिकामाथि नै गम्भीर प्रश्न खडा भएको छ । 

आयल निगमको एक अर्ब ३४ करोड रुपैयाँको जग्गा खरिद प्रकरणको फाइल सुटुक्क तामेलीमा राख्ने अख्तियारको प्रपंचले अख्तियारकै भूमिकामाथि प्रश्न खडा भएको छ । 

अख्तियारका पदाधिकारी तथा कर्मचारीहरु अन्य क्षेत्रका कर्मचारीहरुका सानातिना भ्रष्टाचारका मुद्दालाई केलाएर मात्र सफलता हासिल गरेको भनी वर्णन गरिरहेका छन् । 

तर ठूला मुद्दामा भने सेटिङ मिलाउने गरेको आरोप लागेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको मुद्दालाई तामेलीमा राख्ने योजना अख्तियारले बनाएको स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ