arrow

बाजुरामा पहिरोपरि २ बालकको मृत्यु, ७ घाईते

logo
प्रेम रौले,
प्रकाशित २०७३ जेठ १३ बिहिबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा।बाजुराको रुगिन गाविस ६ कवाडीमा बुधबार विहान ४ बजे अविरल वर्षका कारण पहिरो गएको छ। पहिरोमा परी  २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।त्यस्तै पहिरोमा परी ७ वटा गाई र ३० वटा बाख्रा मरेका छन्। मृत्यु हुनेमा सोही गाविस ६ मा बस्ने चन्द्र बुढथापाका १० वर्ष छोरा निखिल बुढथापा र ६ वर्ष दिर्घ बहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  
 
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही गाविसका ७ जना घाइते भएका छन्। घाईते हुनेमा ३० वर्षकी नउतरा भण्डारी, ६० वर्षकी छमकला भण्डारी, ७० वर्षकी रिउली बुढथापा र ८० वर्षकी अम्बकला बुढथापा, मोहन सुनार, ८८ वर्षकी कुसुमकला बुढथापा र  ४९ वर्षका मन बुढथापा रहेका छन्। उनीहरको हात खुट्टा ,ढाड र शरिरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले जानकारी दिएका छन्। 
 
विहान ४ बजे अविरल पानीका कारणले घर भन्दा माथिबाट पहिरो गएको कार्यालयले बताएको छ। घर भित्र पानी आउन थालेपछि उनीहरु हतार हतारमा बाहिर निस्कनका लागि हाम फालेपछि २ बालको मृत्यु भएको र अन्य ७ जना घाइते भएको बोगटीले बताए।
 
घाइतेहरुको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइ रहेको छ। मृतकहरुको सनाखत हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। थप उद्धार गर्नका लागि कोल्टी विमान सुरक्षा गार्डबाट टोली खटिएको कार्यालयले जनाएको छ।
 
क्षति ग्रस्त क्षेत्रका लागि तत्काल राहत उपलव्ध गराउनका लागि दैवी प्रकोप समिति बाजुराको प्रमुख जिल्ला अधिकारीकामो अध्यक्षतामा बैठक बसेको हो।
 
बैठकले जिल्ला रेडक्र सोसाइटी बाजुरालाइ राहत उपलव्ध गराउन आग्रह गरेको छ। जिल्लामा राहत सामग्री भए पनि दुर्गम गाविसमा तत्काल रहत उपलव्ध गराउन समस्या भएको नेपाल रेडक्र सोसाइटी जिल्ला शाखा बाजुराका सभापति दिल बहादुर बुढाले बताएका छन्। क्षति भएको ठाउमा राहत लिनका लागि २ दिन लाग्ने बुढाले बताएका छन्। 
 
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरामा बआएको भए पनि राहत लिनका लागि समस्या भएको बुढाले भने।
 
क्षतिको विस्तृत विवरण आउन बाकी रहेकाले राहतका लागि समस्या भएको छ। दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले राहतका लागि सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिएका छन्। जिल्लाका ब्रह्मतोला, कुल्देवमाण्डौं, छतारा, आटिचौर,गुदुखाती,कैलाशमाण्डौ,साप्पाटा लगायतका गाविसहरु पहिरोको उच्च जोखिमा रहेका छन्। पानी परेपछि त्यहा स्थानियहरु रात भर बाहिर पाल टाँगेर बस्ने गर्दछन्। 



लोकप्रिय समाचार
नयाँ