arrow

डिसहोममा डिलर दाईको डिस्काउन्ट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
dish-home-logo-true-hd.jpg

काठमाडौं । डिशहोमले आफ्नो ग्राहकका लागि डिशहोमा डिलर दाईको डिस्काउन्ट अफर सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोमले उक्त अफर ल्याएको हो । 
अफरलाई डिशहोमले दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिने र २४ महिना रिचार्जमा डबल धमाका अफर चलाउने जानकारी गराएको छ ।

यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुने डिशहोमले जनाएको छ ।

२ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुने डिशहोमको भनाई छ ।

आफर अन्तरगत हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति एक लाख नगद उपहार जित्न सक्नेछन् ।

साप्ताहिक लक्की ट्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट  ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीको आधारमा गरिने छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० र रमाइलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण गरिने हुन्छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ