arrow

चिनियाँ दूतावास अगाडि ‘गो ब्याक चाइना’ को नारा 

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
protest-anti-china1.jpg

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै नेपालीहरुले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि ‘गो ब्याक चाइना’ को नारा लगाइएको छ । 

हुम्लाको सीमाना लिमीको लाप्चा बगरमा रहेको ११ नम्बरको सीमास्तम्भ हराएको र त्यसको फाइदा उठाउँदै नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको छ । 

उक्त अतिक्रमित भूमिबारे बुझ्न हुम्ला प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको नेपाली टोली सीमाबाट बिना निष्कर्ष खाली हात फर्किएको छ। 

चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भूमि चिनियाँ भएको दाबी गरेको छ ।

अनुगमन र वार्ताका लागि गएको टोलीलाई चिनियाँ पक्षले हाम्रो भूमिमा वार्ता गर्न मिल्दैन भन्दै हपारेको स्थलगत अध्ययनका लागि गएको टोलीसंग लाप्चा पुगेका नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले बताएका छन् । 

त्यसैगरी चीनले १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै बुधबार बिहान ‘सचेत नेपाली’ नामका व्यानरमा दूतावास अगाडि नारा घन्केको हो । 

उक्त समूहले आफ्नो कार्यक्रम गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरवितर गरेको थियो । उनीहरु त्यहाँ धर्नामा बस्न भने पाएनन् । 

प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरे ।

सरकारले भने चिनियाँ पक्षको गतिविधिलाई चासो दिएको छैन । 

यसअघि चिनियाँ राजदूतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको घरघरमा धाएको विरोधमा ‘गो ब्याक चाइनाको नारा लागेको थियो ।

सीमामा चिनियाँ अतिक्रमण बिरुद्ध चिनियाँ दुतावास अगाडी प्रदर्शन

Posted by Hamrakura.com on Wednesday, September 23, 2020

प्रदर्शनकारीहरुले लगाए गो व्याक चाइनाको नारा

नेपाली भूमीमा भवन बनाएको ठाउँमा पुगेका हुम्लाको सिडिओको टोलीलाई हप्काएर पठायो चिनियाँ सेनाले



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ