arrow

' राजदुत यान्छी दुतावासमै बस्नु नेताहरुका घरघर नधाउनु '

प्रदर्शनकारीहरुले लगाए गो व्याक चाइनाको नारा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २३ मंगलबार
protest-anti-china.jpg

काठमाडौं। नेकपाको विवाद मिलाउने नाममा कुटनीतिक आचारसंहिता विपरित नेताहरुको घरघर पुगेकी चिनियाँ राजदुत होउ यान्छीलाई दुतावासमै बस्न यूवा विद्यार्थीहरुले सचेत गराएका छन्। 

चिनियाँ दुतावास अगाडी विरलै देखिनै प्रदर्शनमा मंगलवार पनि उल्लेख्य सहभागिता त थिएन तर उनीहरुले दिएको सन्देश भने लामोसमयसम्म सम्झिने खालको थियो। नेपाली राजनीतिमा दुतावासहरुको हस्तक्षेपको बारेमा टिप्पणी मात्र भइरहँदा थोरै मात्रामा भएपनि बिरोधमा उत्रिएका प्रदर्शनकारीहरु भने उत्साहित देखिन्थे।

कुटनीतिक आचारसंहिता विपरित नेपाली नेताहरुसँग भेट्नु अनि नेपाली नेताहरुले पनि आफ्नो हैसियत विर्सेर चिनियाँ राजदूतसँग भेटेपछि अहिले सर्वसाधारणले पनि सो कार्यको विरोध जनाउँदै आएका छन्। सामाजिक संजालमा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि यसको विरोध जनाएका छन्। 

नेपालको आन्तरिक मामिलामा समेत चासो नहुनुपर्ने राजदुतले दल बिशेषको आन्तरिक राजनीतिमा प्रवेश गर्नु सुहाउने बिषय नभएको प्रदर्शनकारीहरुको भनाई थियो। 

नेपालको आन्तरिक राजनीतिमा प्रवेश गरेर हस्तक्षेप गरेपछि त्यसको बिरोधमा प्रदर्शन गरिएको विद्यार्थी नेतृ एलिजा ढकालले बताइन। राजदुतको काम दुतावासमा हो नेताको घरघरमा होइन भन्दै आफूहरुले चिनियाँ राजदुत होउ यान्छीलाई सम्झाउन प्रदर्शन गरेको ढकालले बताइन। ढकाल यसअघी लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेट्नुपर्ने माग राख्दै भएको प्रदर्शनमा पनि सक्रिय सहभागी थिइन।  

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले राजदुत यान्छीको तस्विरमा क्रस समेत गरेर प्लेकार्ड प्रदर्शन गरेका थिए। 

नेकपाभित्रको विवाद चुलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका नेताहरुसँगको भेटमा व्यस्त छिन्। उनले मंगलवार मात्रै झलनाथ खनालसँग भेटेकी थिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ