युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु
सिन्ह्वा,
प्रकाशित २०७७ असोज १० शनिबार
621
Shares
किभ। युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ। युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन्।
शुक्रबार सो विमान दुर्घटनमा परेको थियो। युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो। युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ। त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ।
युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन्। किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो मसाचार दिएका छन्। रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ। विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ।