अमेरिकी राष्ट्रपति ट्रम्प र फस्ट लेडी मेलानियालाई कोरोना संक्रमण
प्रकाशित २०७७ असोज १६ शुक्रबार
374
Shares
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस लागेको छ । त्यसैगरी फस्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना लागेको छ। ट्रम्पले शुक्रबार बिहान नेपाली समयअनुसार १० बजेर ३७ मिनेटमा सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू र फस्ट लेडीलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताएका हुन्। उनले आफूहरुले छिट्टै क्वारेन्टिन सुरु गर्ने र निको हुने प्रक्रिया पनि छिट्टै हुने बताएका छन्। आफूहरु सँगसँगै क्वारेन्टिन बस्ने पनि उनले बताएका छन्।
ट्रम्पलाई कोरोना भाइरस लाग्नुअघि सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस देखिएको थियो। नोभेम्बर ३ मा राष्ट्रपतिय निर्वाचन हुँदै गर्दा उनलाई कोरोना लागेको हो।ट्रम्पले पहिलो टेलिभिजन बहसमा भने इतिहासकै खराव प्रदर्शन गरेको अमेरिकी संचारमाध्यमहरुले बताएका छन्। ट्रम्पले कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित अमेरिका नै भए पनि पहिलेदेखि नै स्वास्थ्य संगठनको मापदण्ड भने दुरुपयोग गर्दै आइरहेका थिए।उनी निरन्तर चुनावी प्रचारमा रहेका थिए ।