arrow

कोरोना संक्रमण भएपछि गगन थापा होम आइसोलेसनमा, स्वास्थ्य ठीक रहेको जानकारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १७ शनिबार
gagan-thapa-mask.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले कोभिड संक्रमण भएपछि आफू घरमै आइसोलेसनमा रहेको जानकारी गराएका छन् । सामाजिक संजाल ट्वीटरमा जानकारी राख्दै थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए।  

थापाले असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पीसीआर परीक्षणमा काेभिड संक्रमण देखिएको जानकारी पाएको ट्वीटमा बताएका हुन्। उनले आीफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन र कुनै समसया भए स्वास्थ्यकर्मीसँग परामर्शमा रहन अनुरोध समेत गरेका छन्।

थापाले अगाडी भनेका छन्, 'मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।'

कांग्रेसले केन्द्रीय समितिको वैठक अघी केन्द्रीय समितिका सदस्यहरु चालक र सुरक्षाकर्मीहरुको पीसीआर परिक्षण गराएको थियो जसमध्ये ७० जनालाई कोरोना पोजेटीभ देखिएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ