arrow

प्रभु डिजिटल अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
Prabhu-Digital.jpg

काठमाडौं । प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सहितको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको हो ।

हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको कम्पनीले जनाएको छ ।

नाम परिवर्तन गरि पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्ने भएको छ । प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी र ओटिटी सेवा समेत संचालन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ