डा केसीको १९ औं अनशनको २७औ दिनमा सरकार झुक्यो, २८औ दिनमा अनशन तोडिने
सरकार र केसीबीच ८ बुँदे सहमति
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २५ आइतबार
739
Shares
काठमाडौं। स्वास्थ्य शिक्षा सुधारको माग राखि १९औं पटक अनशनमा बसेका डा गोविन्द केसी अनशन बसेको २७औं दिनमा आएर सरकारले उनको मागमा सहमति जनाएको छ। सरकारले उनको माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि सरकारसँग सहमति गर्न डा केसी राजी भएका हुन्। यद्यपी उनले अनशन भने आइतवार विहान साँढे ९ वजे मात्र तोड्ने उनका सहयोगी प्रतिम सुवेदीले जानकारी दिएका छन्।
सरकारी वार्ता टोली र केसीको वार्ता टोलीबीच ८ बुँदे सहमति भइ उनको सहमति लिई हस्ताक्षर गराउन शिक्षा सचिव गोपिनाथ मैनालीको टोली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राती पुगेको थियो। त्यहाँ उनले दुई पक्षबीच भएको सहमतिप्रति सन्तोष जनाउँदै हस्ताक्षर गरेका थिए। सहमतिपत्रका ८ बुँदा यसप्रकार छन्ः