बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
566
Shares
ढाका। बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ। मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ।
महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ।
शनिबारसम्म कूल तीन लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने पाँच हजार ६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।
सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ। बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो।