टर्कीका राष्ट्रपतिले फ्रान्सेली समकक्षीलाई दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
600
Shares
ब्रसेल्स । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताएका छन्।
बोरेलले भने, “टर्कीका राष्ट्रपति एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी म्याक्रोँलाई लक्षित गरी दिएको प्रतिक्रया इयूका लागि ‘अस्वीकार्य’ छ ।”
उनले टर्कीलाई यस प्रकारको विवादास्पद अभिव्यक्ति दिने क्रमलाई तत्काल रोक्न आग्रह गरे ।
राष्ट्रपति एर्दोगानले फ्रान्सेली समकक्षी म्याक्रोँले टर्कीबारे दिएको अभिव्यक्तिपछि म्याक्रोँले मानसिक परीक्षण गराउन भनी उत्तेजक भनाई राखेका थिए।