arrow

बिहार चुनावः राहुल गान्धीको यस्तो अपील

logo
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
rahul-gandhi4.jpg

काठमाडौं । भारतको बिहारमा बुधबार पहिलो चरणको विधानसभा निर्वाचन भइरहेको छ । बुधबार ७१ सिटका लागि मतदान भइरहेको हो । 

कांग्रेस नेता राहुल गान्धीले बिहारमा मतदाताहरुलाई महागठबन्धनलाई भोट हाल्न अपील गरेका छन् । 

उनले मतदाताहरुसँग ‘यसपटक न्याय, रोजगार र किसान–मजदूरका लागि मतदान गरौं’ भनेका छन् । 

उनले समाजिक संजाल ट्वीटरमा ‘आज बिहार बदलिन्छ’ भनेका छन् । राहुलले अर्को चरणको चुनावका लागि बुधबार बिहारमा पुग्दैछन् । 

जहाँ उनले वाल्मिकी नगर (पश्चिम चम्पारण) र कुशेश्वरस्थान (समस्तीपुर) मा जनसभालाई सम्वोधन गर्नेछन् । 

नरेन्द्र मोदीद्धारा मतदानका लागि अपील 

बिहार चुनावः ७१ सिटमा मतदान, ६० पार्टीका हजार ६६ उम्मेदवार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ