arrow

बिहार चुनावः ७१ सिटमा मतदान, ६० पार्टीका हजार ६६ उम्मेदवार

logo
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
corona-election-bihar.jpg

काठमाडौं । भारतको बिहारमा विधानसभा चुनावका लागि मतदान सुरु भएको छ । तीन चरणमा हुने चुनावको पहिलो चरणमा बुधबार मतदान भइरहेको हो । 

बुधबार ७१ सिटका लागि चुनाव भइरहेको हो । जसमा ६० पार्टीका १ हजार ६६ उम्मेदवार मैदानमा उत्रिएका छन् । 

जसमा ९५२ पुरुष तथा ११४ महिला रहेका छन् । 

कोरोना भाइरसको महामारीबीच भारतमा पहिलो पटक चुनाव भएको हो । बिहारको चुनाव पहिलो चरणमा बुधबार, दोस्रो चरणमा नोभेम्बर ३ र मा तेस्रो मतदान ७ नोभेम्बरमा हुनेछ । 

चुनावको नतिजा १० नोभेम्बरमा आउने छ । कोरोनाका कारण मतदान गर्ने समय एक घण्टा बढाइएको छ । 

यस्तो छ पहिलो फेजको आँकडा
१६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । जसमा १ हजार ६६ उम्मेदवार छन् । ४०६ उम्मेदवार निर्दलीय हुन् । २ करोड १४ लाख मतदाता रहेका छन् । 

पुरुष मतदाता १ करोड १२ लाख तथा महिला मतदाता १ करोड १ लाख छन् । तर उम्मेदवार भने महिला निकै कम छन् । 

समलिंगी मतदाता जम्मा ५९९ जना रहेका छन् । 

यो चुनावका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ र्यालीमा सहभागीता जनाएका थिए । त्यस्तै कांग्रेस आईका तर्फबाट राहुल गान्धीले २ र्यालीलाई सम्वोधन गरेका थिए । 

बिहारी मुख्यमन्त्री नीतिश कुमारले १३ दिनमा ५६ र्यालीमा सहभागीता जनाएका थिए । उनले ६ पटक ‘निश्चय सम्वाद’ मार्फत कार्यकर्तालाई सम्वोधन गरेका थिए । 
  

बिहारको विधानसभा चुनावमा २४३ सिट रहेको छ । नीतिश कुमार लगातार चौथो पटक मुख्यमन्त्री बन्ने योजनामा छन् । ३० वर्षका तेजस्वी यादव नीतिश कुमारलाई कडा चुनौती दिइरहेका छन् । 

३० वर्षे तेजश्वी यादवले सामाजिक संजालमा निकै जमेर प्रचारप्रसार गरेका छन् । उनले बिहारमा  समृद्धिका लागि, युवालाई नोकरीका लागि, बुबा–आमाको चिन्ता हटाउनका लागि र उन्नतिको आशा देखेर अगाडि बढ्नका लागि भन्दै प्रचार गरेका छन् । 

उनले लिएको नीति युवालाई मन परेको छ । १० लाख युवालाई रोजगारी दिने वाचा भीडले मन पराएको बताइन्छ । उनले शिक्षामा कुल बजेटको २२ प्रतिशत खर्च गर्ने वचन दिएका छन् । 

उनले राम्रो शिक्षा र राम्रो जागिमाथि युवाको हक रहेको भन्दै यसलाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ