arrow

भारतमा कोरोना भाइरसका संक्रमित घट्दै, केही राज्यमा समस्या

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
corona-india-onion-line.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन घट्दै गइरहेका छन् । गत महिना १० लाख २० हजार सक्रिय संक्रमित रहेकामा अहिले आधा कम भइसकेको छ । 

शनिबार ४६ हजार ७१५ जना संक्रमित थपिँदा त्यो भन्दा १२ हजार बढी कोरोनामुक्त भएका छन् । अहिलेसम्म संक्रमित हुनेको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ । 

शनिबार ५८ हजार २९२ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७४ लाख ८९ हजार २०३ पुगेको छ । 

अहिले सक्रिय संक्रमित ५ लाख ७० हजार १०६ जना रहेका छन् । शनिबार ४६७ जनाको ज्यान गएसँगै मृतकको संख्या १ लाख २२ हजार १४९ पुगेको छ । 

भारतका केही राज्यहरुमा भने संक्रमण बढ्दो क्रममा रहेको छ । सोही कारण लकडाउन समेत लगाइएको छ । 

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ