arrow

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
lockdown-india-corona.jpg

नयाँदिल्ली। भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८ सय ९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन्। यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन्। दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना सङ्क्रमित भएका छन्। पछिल्लो समयमा दिल्लीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७ सय ३९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६ सय ७३ जना भेटिएका थिए। सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४ सय ३३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन।

दिल्लीमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८ सय ११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३ सय ६३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन्। त्यसैगरी कोरोनाभाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ