arrow

अमेरिकी चुनावः ट्रम्प अझै जितकै आसमा, बाइडेन भन्छन् –हठले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन 

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
trump-biden1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हठी र जिद्दी स्वभावका कारण अहिले सबैभन्दा लोकतान्त्रिक मानिएको देशको राजनीति दुषित हुँदै गएको छ । दोस्रो पटक राष्ट्रपतिका लागि लडेको चुनावमा पराजित भए पनि ट्रम्पले आफू नहारेको दावी गर्दै आएका छन् । ट्रम्पले निरन्तर आफूले जित्ने दावी गरेका छन् । 

ट्वीटरमा निरन्तर उनले सन्देश पोष्ट गर्दै आफ्ना समर्थकलाई भड्काइरहेका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा झनै तिव्रता पाइरहँदा ट्रम्प भने हारिसकेर पनि सपना देखिरहेका छन् जितको । यही हठी स्वभावका कारणले गर्दा अमेरिकामा अन्योल बढ्दो छ । उनलाई जनवरी २० तारिखमा ह्वाइटहाउसबाट घोक्रेठ्याक लगाउनु पर्ने धारणा राख्नेहरु बढ्न थालेका छन् । चुनाव पर्यवेक्षकहरुले समेत चुनावमा कुनै धाँधली नभएको सहितको प्रतिवेदन पेश गरिसकेका छन् । 

के भन्छन् जो बाइडेन ?
राष्ट्रपतिमा निर्वाचित जो बाइडनले ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नमा उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनको भनाई उधृत गर्दै बीबीसी लेख्छ, ‘मलाई लाग्छ कि यो लज्जासपद विषय हो । म यसलाई कसरी कुशल रूपमा भनौँ ? मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन। मलाई लाग्छ की यो सबै कुराको बोध जनवरी २० तारिखमा हुने छ ।’

बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उनको योजना के छ भनेर पनि प्रश्न गरिएको थियो । जसको उत्तर दिँदै उनले भने ‘यो भए राम्रै हुन्छ तर यो महत्त्वपूर्ण भने छैन’ आफ्नो टोलीले हालसम्म कुनै पनि किसिमको कानुनी कारबाहीको तयारी नगरेको भन्दै उनले भने।

ट्रम्प प्रशासनले सत्ता सुम्पने प्रक्रियालाई स्वीकृत गरिसकेको छैन जसको अर्थ बाइडनको टोलीले हालसम्म संवेदनशील जानकारी पाउन थालेको छैन ।

‘हामी उनले हार स्वीकार गरेको भए जे गर्ने थियौँ त्यही नै गर्नै छौँ’, उनले भने । ट्रम्पले आफूलाई सुनिरहेको भए के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा बाइडनले भने ‘राष्ट्रपतिज्यू म तपाईँसँग कुराकानी गर्न उत्सुक छु।’

अमेरिका पुरानै लयमा फर्कियो भन्ने कुराको जानकारी गराउन आफूले विभिन्न ६ देशका नेताहरूसँग कुरा गरिसकेको बाइडनले जानकारी दिएका छन् ।

अतिवादतिर ट्रम्प र उनका समर्थक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ