जर्मनीमा कोभिड-१९ का संक्रमितको संख्या आठ लाखभन्दा बढी
एएनआई,
प्रकाशित २०७७ मंसिर ३ बुधबार
574
Shares
वर्लिन। जर्मनीमा कोभिड-१९का संक्रमितहरुको संख्या ८ लाख नाघेको छ। गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका छन। योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ।
यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाको ज्यान गएको बताएका छन्। जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ।
जर्मनीमा कोभिडको दोस्रो वेभ आएको थियो। त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ। तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ।